तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्यायो सुपथ औषधि पसल

बुटवल, वैशाख १६ गते ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहुलियत दरमा औषधि उपलब्ध गराउन औषधि पसल (सुलभ फार्मेसी) सञ्चालनमा ल्याएको छ ।

तिलोत्तमाको वडा नम्बर–५ मणिग्राममा सञ्चालित फार्मेसीको बुधबार नगरप्रमुख रामकृष्ण खाँणले उदघाटन गरेका हुन् ।

फार्मेसीमा तिलोत्तमा नगरपालिका सँगै जुनसुकै ठाउँका सेवाग्राहीले औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) मा २५.१० छुट पाउनेछन् ।

पालिकाद्धारा सञ्चालित औषधि पसल देशभरिका पालिकाहरूका लागि नमुना उदाहरण बन्ने प्रमुख खाँणले दाबी गरे ।

नगर प्रमुख खाँणले आउँदो वर्षदेखि पालिकाले प्याथोलोजी सेवा पनि सञ्चालन गर्ने तयारीमा रहेको बताए ।

नगरपालिकाले सेवाग्राहीलाई सहुलियत दिन सञ्चालनमा ल्याएको फार्मेसीका लागि बुट्स मेडिको प्रालिसँग ५ वर्षे सम्झौता गरेको छ ।

सम्झौता अनुसार फार्मेसी रहेको घरभाडा नगरपालिकाले वार्षिक २ लाख ५० हजार तिरिदिने छ भने, अन्य सबै छुट सेवा मेडिकोले उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । फार्मेसीमा सबै देश र कम्पनीका औषधि उपलब्ध हुनेछन ।

नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दीर्घरोगी र नियमित औषधि सेवा गर्ने बिरामीलाई जोड दिए फार्मेसीको अवधारणा पालिकाले अघि सारेको बताए । यसले बजारका फार्मेसीबाट महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता हटाउन यसले सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको