कांग्रेसद्वारा राष्ट्रियसभा र प्रतिनिधिसभामा पदाधिकारी मनोनयन

काठमाडौँ, वैशाख १६ गते ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेता पदमा कमलादेवी पन्तलाई मनोनयन गरिएको छ ।

कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) बमोजिम उहाँले सांसद पन्तलाई उक्त पदमा मनोनयन गरिएको हो ।

यसैगरी, नेता आङदेम्बेले प्रतिनिधिसभामा पार्टीका तर्फबाट संसदीय दलको उपनेतामा अभिषेकप्रताप शाह, मुख्य सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको नेपाली कांग्रेसले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको