घरमा आरन राखेर बन्दुक बनाउने एक जना पक्राउ

विराटनगर, असोज २२ गते ।

घरमा आरन राखेर बन्दुक बनाउने एक जना पक्राउ परेका छन् । मोरङको लेटाङ नगरपालिका–७, वारङ्गी कोलाघारबाट स्थानीय ४५ वर्षीय पूर्णलावती लिम्बुलाई उनकै घरबाट पक्राउ गरेको हो ।

उनले घरमै भरुवा बन्दुक बनाउने आरन राखेका थिए । बन्दुक बनाएर उनले बिक्रीसमेत गर्ने गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान लिम्बुको घरमा खानतलासी गर्दा उनको कोठामा भरुवा बन्दुक १ थान फेला परेको थियो ।

हतियार निर्माण गर्ने आरन भएको अर्को कोठाबाट दबासवाला बन्दुक १ थान र भरुवा बन्दुकमा प्रयोग हुने पार्टपुर्जा बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

अवैध हातहतियार तथा निर्माण सामग्रीसहित पक्राउ परेका लिम्बुमाथ इलाका प्रहरी कार्यालय लेटाङले अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको