रुखबाट लडेर वृद्धको मृत्यु

बाजुरा, वैशाख १७ गते ।

जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो । सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उहाँ रुखबाट खस्नुभएको हो । उहाँ जिल्लाका अग्रणी किसान हुनुहुन्थ्यो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको