वनमा चराउन लगेका ३९ बाख्राको चट्याङ लागेर मृत्यु

काठमाडौं, वैशाख १७ गते ।

बाजुरामा चट्याङबाट वनमा चरिरहेका ३९ बाख्रा मरेका छन् ।

बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका–१ रानीसैन वनमा चराउन लगेका ३९ वटा बाख्रा चट्याङमा परेर घटनास्थलमै परेको नेपाल प्रहरीले जनाएको छ ।

घटना बुधबार दिउँसोको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दिउँसो ४ बजेको समयमा भारी वर्षा भएपछि किसानले वनमा रहेको राउटे ओडारमा बाख्रालाई ओत लगाएका थिए । त्यहीँ चट्याङ लागेर बाख्रा मरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्स्पेक्टर) नरेशबहादुर शाहीका अनुसार मरेका बाख्रामध्ये सज्जन कडाराका ११ र जसवीर रावलको २८ बाख्रा मरेका छन् ।

यस्तै कडाराका १५ र रावलका २४ बाख्रा गरी थप ३९ बाख्रा वेपत्ता रहेको इन्स्पेक्टर शाहीले जानकारी दिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको