नेफ्स्कुन लगायत सहकारी संघलाई बचत तथा ऋण कारोबारमा प्रतिबन्ध

काठमाडौं, वैशाख १७ गते ।

सरकारले नेफ्स्कुन लगायत सहकारी संघलाई बचत तथा ऋण कारोबारमा रोक लगाएको छ । सरकारले अध्यायदेश मार्फत सहकारी ऐनको संशोधन गर्दै संघहरूलाई आगामी ३ वर्षभित्र कारोबार बन्द गर्नुपर्ने व्यवस्था गरेको हो ।

‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी संघहरूले बचत तथा ऋणको कारोबार गर्न सक्ने छैनन्,’ अध्यादेश मार्फत थप गरिएको छ ।

तर, यो उपदफा प्रारम्भ हुँदाका बखत बचत तथा ऋणको कारोबार गरिरहेका सहकारी संघहरूले यो उपदफा प्रारम्भ भएको मितिले तीन वर्षभित्र उक्त कारोबार बन्द गर्नुपर्ने व्यवस्था थप गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको