जुवा खेलिरहेका २९ जना पक्राउ

काठमाडौं, वैशाख २३ गते ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै(खेलाउँदै गरेको अवस्थामा १९ जना पक्राउ परेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उक्त क्यासिनोबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट नगद ९५ हजार ५०० रुपैयाँ, क्यासिनो क्वाइन ५० थान र मोबाइल १७ थानसमेत बरामद गरेको छ ।

त्यस्तै पोखरा महानगरपालिका–१३ काहुँखोलाका ५१ वर्षीय चित्रबहादुर रानाभाटको इटजोन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जना पक्राउ गरेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ७७ हजार १८० र ८९९ पत्ती ताससहित पक्राउ गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको