सुनचाँदीको मूल्य अस्थिर

काठमाडौँ, असार १२ गते ।

स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीकोे भाउ केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु ५५ ले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला रु दुई लाख ७९ हजार १०० र एक तोला चाँदीको मोल रु चार हजार १८० निर्धारण भएको छ ।

हिजो बिहीबार एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु चार हजार २३५ मा कारोबार भएको थियो ।

गत बुधबार एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० र चाँदी रु चार हजार ४८५ मा खरिदबिक्री भएको थियो ।

आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको