मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति

बिर्तामोड, असार १७ गते ।

मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीमा १६ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट घरका भाँडावर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित ५० हजार नगद जलेको छ ।

पूर्णचन्द्र रिजालको इँटा, काठ र टिनको छानो भएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोले घरसँगै जोडिएको गोठ पनि नष्ट भएको छ ।

मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । आगालागीको कारण खुलेको छैन । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको