एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छ: मुख्यसचिव अर्याल

काठमाडौँ, असार २० गते ।

नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले एक सय दिनको अवधिमा संस्थागत र नीतिगत सुधारमा अपेक्षाकृत नतिजा हासिल गरेको बताएको छ ।

वर्तमान सरकार गठनको एक सय दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सुशासन र सेवा प्रवाहमा सरलीकरण, मितव्ययिता, जवाफदेहिताका लागि आवश्यक सुधार गरेको जानकारी दिए ।

मुख्यसचिव अर्यालले भने, “सबै मन्त्रालयको समन्वय र सहकार्यमा वर्तमान सरकारले सुशासनका क्षेत्रमा पर्याप्त काम गरेको छ ।”

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले संयोजन गर्नुभएको सो कार्यक्रममा सञ्चारकर्मीका जिज्ञासालाई सम्बोधन गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले आआफ्नो क्षेत्रका बारेमा स्पष्ट पारिएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको