रौतहट, असोज ७ गते ।
मधेश प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ सई सन्तोष कुमार गोललाई २०८३ भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरेको छ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३’ अनुसार गोलेलाई सर्वोत्कृष्ट प्रहरी छनौट गरेका हुन्।
प्रहरी सेवामा जिम्मेवारी निर्वाहका क्रममा देखाएको सक्रियता, कार्यसम्पादन तथा प्रहरी संगठनको छवि उकास्न पुर्याएको योगदानका आधारमा उनलाई उत्कृष्ट प्रहरी छनौट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बुधवार एक समारोहका बिच डीआईजी अधिकारीले गोलेलाई प्रशंसा पत्र तथा पुरस्कार प्रदान गर्दै आगामी दिनमा पनि जिम्मेवारीप्रति थप प्रतिबद्ध भएर काम गर्न शुभकामना दिएका छन्।
प्रहरी कर्मचारीको कार्यसम्पादनका आधारमा उत्कृष्टलाई सम्मान गर्ने यस्तो अभ्यासले अन्य प्रहरी कर्मचारीलाई पनि जिम्मेवारीप्रति थप उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ। साथै, पुरस्कारलाई नियमित कार्यसम्पादन, अनुशासन र जनमुखी प्रहरी सेवासँग जोड्न सके यसले संगठनभित्र सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सक्ने देखिन्छ। न्यूज कारखाना






