ढुंगाको ‌ओडारमा फसेका दुई जनाको उद्धार

काठमाडौं, असार २३ गते ।

ललितपुरको चोभारभन्ज्याङस्थित ढुंगाको ‌ओडारमा फसेका दुई जनाको उद्धार भएको छ।

सोमबार ललितपुर महानगरपालिका–१८ चोभारभन्ज्याङस्थित पुलको तल ढुंगाको ओडार भित्र महिला र पुरूष फसेका हुन्।

उनीहरू अड्किएर बसेको भन्ने सूचना पछि प्रहरीको टोली खटिएको थियो।

प्रहरी प्रभाग बुंगमती, सशस्त्र प्रहरी बल र स्थानीय प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको