दाङ, असार २२ गते ।
दाङमा एक जना वडा सचिवको करेन्ट लागेर मृत्यु भएको छ।
गढवा गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय रामनरेश यादवको घरमै करेन्ट लागेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार गढवा–६ प्रनहवास्थित आफ्नो घरमा बेलुकी पौने ९ बजेतिर उनलाई करेन्ट लागेको थियो।
शौचालयको बत्ती मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
करेन्ट लागेर अचेत बनेका वडा सचिव यादवलाई लमही अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
पोष्टमर्टमका लागि उनको शव लमही अस्पतालमा राखिएको छ।






