आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो

काठमाडौँ, असार ३० गते ।

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा एक हजार दुई सयले घटेको छ भने र चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोला चार हजार ३६० कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोल रु चार हजार तीन सय ७५ प्रतितोला कायम भएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको