काठमाडौं, असार ३२ गते ।
त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण कार्य बन्द गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।
केन्द्रले १ साउनदेखि समकक्षताको आवेदन समेत नलिने जनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको उच्च शिक्षाका उपाधि समकक्षता निर्धारणको कार्य १ साउनदेखि विश्वविद्यालय अनुदान आयोगले गर्ने सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘‘केही नेपाल ऐन संशोधन गर्ने ऐन २०८२ को दफा २८ ले विश्वविद्यालय अनुदान आयोग ऐन २०५० को दफा ६ मा संशोधन गरी त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको उच्च शिक्षाका उपाधि समकक्षता निर्धारणको कार्य २०८३ साउन १ गतेदेखि विश्वविद्यालय अनुदान आयोगे गर्ने भन्ने व्यवस्था भएकोले यस केन्द्रले मिति २०८३/०४/०१ देखि समकक्षताको आवेदन नलिने भएको व्यवहोरा सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’






