सुनसरी घटना : रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं, साउन १२ गते ।

सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सुनसरीमा भएको घटनालगायतका विषयमा छलफल गर्न सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् ।

महामन्त्री विपिन कुमार आचार्यका अनुसार, बैठक भोलि बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बस्नेछ ।

छलफलमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टीलाई पनि आमन्त्रण गरिएको छ ।

‘सबै दललाई पत्राचार गरिएको छ । सभापतिज्यूले नेताहरूलाई आफैं फोन गरेर पनि आमन्त्रण गर्नु भएको छ,’ लामिछानेको सचिवालयले भनेको छ ।

महामन्त्री आचार्यले राजनीतिक रुपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकता बोध भएकाले छलफल आयोजना गरिएको जानकारी दिए ।

‘अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रुपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरि सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रुपमा पनि सामुहिक सन्देश र अपिलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरेका हौं,’ आचार्यले भनेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको