खैरो हेरोइनसहित दुई जना पक्राउ

डोल्पा, साउन १३ गते ।

हिमाली जिल्ला डोल्पामा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

त्रिपुरासुन्दरी नगरपालिका–०१ बजार बजारस्थित फ्लग फिगर होटलबाट मंगलबार साँझ ७ः५० मिनेटमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार होटलमा कोठा भाडामा लिएर बसेका दुई जनाले लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो।

होटलमा कोठा भाडामा लिएर बसेका उनीहरूलाई खानतलासीका क्रममा ठूलीभेरी नगरपालिका–८ निवासी २५ वर्षीय सन्तोष भण्डारी र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ निवासी २३ वर्षीय नवीन खड्कालाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट लागुऔषध खैरो हिरोइन ०.९४ ग्राम बरामद गरिएको छ । साथै ६२ हजार ५०० रुपैयाँ नगद र विभिन्न कम्पनीका तीन थान मोबाइल फोन समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विनय कुमार सिंहले जानकारी दिए ।

पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको