धनुषामा भोलि बिहान ५ बजेदेखि निषेधाज्ञा हट्ने

काठमाडौं, साउन १७ गते ।

धनुषामा लगाइएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हट्ने भएको छ ।

शनिबार बिहान १० बजेदेखि जारी गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार साँझ सूचनामार्फत जानकारी गराएको छ ।

आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको र सुरक्षा अवस्था तथा जनजीवनन सामान्यीकरण तर्फ उन्मुख भएकोले पछिल्लो सुरक्षा अवस्थालाई विश्लेषण गरी निषेधाज्ञा हटाउने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको सूचनामा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको