काठमाडौं, साउन १८ गते ।
तराईकेन्द्रित दलहरूले नयाँ मोर्चा बनाउने तयारी गरेका छन्।
त्यसबारे उनीहरूले आज छलफल पनि गरेका थिए।
जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपालले मोर्चा बनाउन लागेका हुन्।
जनमतका अध्यक्ष सिके राउतका अनुसार साउन २३ गते काठमाडौंको थापा गाउँस्थित काठमाडौं बैंकेटमा कार्यक्रम गरी मोर्चा घोषणा हुनेछ।






