पहिरोले गोरखकाली फ्युल सेन्टरमा क्षति

गोरखा, साउन २१ गते ।

पहिरोले गोरखा नगरपालिका वडा नम्बर ११ स्थित गोरखकाली फ्युल सेन्टरमा क्षति पुर्‍याएको छ।

आज बिहान करिब साढे ६ बजेतिर खसेको पहिरोले फ्युल सेन्टरको डिस्पेन्सर, त्यहाँ पार्किङ गरिराखिएका ५ वटा सवारी साधन, जेनेरेटर र कर्मचारी आवास भवन लगायतमा क्षति पुर्‍याएको पाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

फ्युल सेन्टरको भित्तोतर्फको भाग पहिरिएर पर्खाल ढलाएको थियो। करिब २० मिटर माथिबाट पहिरो खसेको थियो।

पुरिएका सवारी साधनहरू स्थानीय, फ्युल सेन्टरका कर्मचारी र प्रहरीहरूले पहिरो बाहिर निकालेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको