काठमाडौं, साउन २६ गते ।
विश्वविद्यालय अनुदान आयोगले १५ जनाको समकक्षता निर्धारण गरेको छ ।
उपनिर्देशक दुलराज चिमोरियाका अनुसार आयोगले पहिलो पटक मंगलबार १५ जनाको समकक्षता निर्धारण गरेको हो ।
‘अनलाइनबाट नै काम गरेका हौँ । उहाँहरूले सर्टिफिकेट अनलाइनबाट प्रिन्ट गर्न सक्नु हुन्छ,’ उनले भने, ‘पहिलो पटक आयोगले १५ जनाको समकक्षता निर्धारण गरेको छ ।’
गत साउन १गतेदेखि आयोगले समकक्षता निर्धारणको काम सुरु गरेको हो । यसअघि त्रिविबाट समकक्षता हुने गरेको थियो ।
‘भोलिदेखि द्रुत गतिमा हुन्छ,’ उनले भने । हाल १३ बढीको अनलाइनबाट आवेदन आएको छ ।






