सुनको भाउ बढयो, चाँदी भने घट्यो

काठमाडौं, भदौ ८ गते ।

नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउ बढेको छ।

आइतबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा तीन हजार दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।

आइतबार सुन प्रतितोला तीन लाख २२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य भने घटेको छ।

आइतबार प्रतितोला चार हजार नौ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको