बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्य सुरु

काठमाडौं, भदौ १० गते ।

रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्य सुरु गरिएको छ ।

खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै सर्वसाधारण समेत खटिएका छन् ।

हेलिकप्टरदेखि ड्रानेको सहायताबाट समेत खोजी तथा उद्धार सुरु गरिएको छ ।

सशस्त्र प्रहरीले रसुवागढी भन्सार यार्ड र बाढी प्रभावित क्षेत्रमा पुरिएकाहरूको खोजी गर्न तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ ।

कुकुरले मान्छे रहेको संकेत गरेपछि खोजी तथा उद्धारको काम गरिने सशस्त्र प्रहरीले बताएको छ ।

त्यस्तै नदी किनार तथा बाढी प्रभाविति क्षेत्रमा थुनिएका तथा हराइरहेका नागरिकहरूलाई लोकेट गर्न ड्रोन परिचालन गरिएको बताइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको