काठमाडौं, भदौ १० गते ।
रसुवाको भोटेकोशीमा एक्कासी आएको बाढीले ४४ जना नेपाली सेना सम्पर्कविहीन भएका छन् ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ४४ जना सैनिक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनका अनुसार बेपत्ता सैनिक लाङटाङ राष्ट्रिय निकुञ्ज र जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए ।
नेपाल प्रहरीका पनि ३२ जना र सशस्त्र प्रहरीका पनि ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।






