प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिंगापुर बेभरेजेजको २० लाख सहयोग

काठमाडौं, भदौ १५ गते । झापाको मेचीनगर–४ मा रहेको सिंगापुर बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा उक्त सहयोग गर्ने निर्णय भएको सिंगापुर बेभरेजेजले जनाएको छ । राष्ट्र र नागरिकमाथि परेको यस कठिन घडीमा कम्पनी र कर्मचारीहरूको सामूहिक ऐक्यबद्धता एवं सामाजिक उत्तरदायित्वस्वरूप उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको