एसियन गेम्समा सहभागी हुन मन्त्री पोखरेल जापान जाने

काठमाडौं, भदौ २५ गते ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल २०औं एसियन गेम्सका लागि जापान जाने भएका छन् । आउँदो असोज ३ गतेदेखि सुरु हुने एसियन गेम्समा सहभागी हुने २११ सदस्यीय टोलीमा मन्त्री पोखरेल पनि छन्।

उनीसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहता नेपाली टोलीको ‘चिफ द मिसन’का रुपमा जापान जानेछन्। डेपुटी ‘चिफ द मिसन’का रुपमा टासी घले छन्। खेलकुद मन्त्री पोखरेलका नीजि सचिव दिवाकर भुजेल पनि मन्त्रालयको अतिथिको रुपमा जापान जाने भएका छन्।

यस्तै शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यहरू पवन शाही र शक्ति गौचन तथा अर्थमन्त्रालयका प्रतिनिधि सुवोध खतिवडा पनि जापान जाने सूचीमा छन्।

यस्तै राखेपका खेलकुद विकास विभाग प्रमुख सरोज कुमार पोखरेल, राखेप अधिकृत सानुराजा केसी, प्रशिक्षक, प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, अकाउन्ट शाखा प्रमुख रिखिराम पोखरेल, खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेत, प्रशासन शाखा प्रमुख भोजानन्द राई, राखेपका कार्यालय सचिव सुजनलाल श्रेष्ठ र राखेप स्टोर शाखा प्रमुख देवराज कटुवाल पनि जापान जान लागेका हुन्।

यस्तै राष्ट्रिय टोली तयारीका निर्देशक दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठ पनि जापान जाने सूचीमा छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको