सडकपेटीमा महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न समिति गठन

जनकपुरधाम, भदौ २५ गते ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल अगाडि सडकपेटीमा एक महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न समिति गठन भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा। सतीशकुमार यादव संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको हो ।

समितिका सदस्यहरूमा राजविराज नगरपालिकाका स्वास्थ्य संयोजक कामेश्वर यादव र सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलदेव यादव रहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।

बुधबार राजविराज नगरपालिका–१४, पर्साहीकी बबिता पासवानले सडकपेटीमा शिशुलाई जन्मदिएकी थिइन् । उनको भिडिओ भाइरल भएपछि चर्को आलोचना भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको