सुनका गहना चोरी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं, भदौ ३१ गते ।

सुनका गरगहना चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका(१ घर भएका २३ वर्षीय दीपेश मग्रान्ती छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

२९ भदौमा काठमाडौंको एक घरबाट उनले गरगहना चोरी गरेका थिए । त्यसपछि अनुसन्धानमा खटिएको टोलीले २९ भदौकै साँझ उनलाई पक्राउ गरेको हो ।

उनीबाट १३८ ग्रााम बराबरका सुनका गरगहना बरामद भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको