धरौटी नबुझाएपछि अध्यक्ष कारागार चलान

काठमाडौं, असोज २ गते ।

नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन् । उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा २२ लाख धरौटी माग गरेको थियो । धरौटी नबुझाएपछि उनी कारागार चलान भएको प्रहरीले बताएको छ ।

रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले छलफल गरेका थिए । छलफल सकेर निस्किए लगत्तै सिंहदरबार अगाडिबाट उनी पक्राउ परेका थिए ।

उनीविरुद्ध १० वटा बैकिङ कसुरको मुद्दा रहेको खुलेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको