मासु फ्याक्ट्रीमा काम गर्ने ८८ विदेशीको भिसा रद्द

काठमाडौं, असोज ७ गते ।

एकै पटक ८८ विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको छ । नेपालमा व्यापारिक तथा औद्योगिक व्यवसाय लगानी गर्ने इजाजत प्राप्त विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको हो ।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले भिसा रद्द गरिएको पुष्टि गरे । भिसा रद्द भएकाहरुलाई अब निश्कासनको प्रक्रिया समेत अघि बढाइएको विभागले जनाएको छ ।

भिसा रद्द हुनेहरूमा सिन्धुलीको मरिणमा खोलिएको मासु फ्याक्ट्रीमा काम गर्ने अनुमति लिएकाहरू छन् । छेन्दु ट्यान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणधीन जियान फुड्स प्रालि (नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टृु चाइना प्रोजेक्ट) मा कार्यरत ८८ विदेशीको भिसा रद्द भएको हो ।

उनीहरुले एउटा कम्पनीको नाममा भिसा लिई भिसा उद्देश्य विपरीत अन्य काम गरेको दाबी विभागले गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको