यो साता गन्तव्यमा सचेतना अपनाउन पर्यटन विभागको एड्भाइजरी

काठमाडौं, असोज ७ गते ।

मौसम पूर्वानुमान अनुसार यो साता नेपालमा भारी वर्षाको सम्भावना रहेको भन्दै पर्यटन विभागले पर्यटकीय गन्तव्यमा सचेतना अपनाउन एड्भाइजरी जारी गरेको छ ।

आज मौसम सम्बन्धी सूचना जारी गर्दै विभागले शरद ऋतुका लागि हिमालमा पुगिसकेका तथा जाने क्रममा रहेका पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई सचेत रहन एड्भाइजरी जारी गरेको हो ।

नेपाल मौसम बुलेटिन अनुसार ९ असोज शुक्रबारदेखि ११ असोज आइतबारसम्म मुलुकभरि मेघ गर्जन, चट्याङरहावाहुरी सहित भारी वर्षा हुन सक्ने देखिएको छ । यसले भूक्षय, बाढीपहिरोको जोखिम हुनुका साथै हिमाली भेगमा हिमपातको समेत पूर्वानुमान गरिएको छ ।

यसले पदयात्रा र आरोहण क्षेत्रमा समेत असर पुर्‍याउने भन्दै विभागले अग्रिम सूचित गरेको हो । यो अवधिमा सकेसम्म यात्रा नगर्नरनगराउन र यात्रा गर्नैपरे सुरक्षित र सावधानीपूर्वक यात्रा गर्न समेत अनुरोध गरिएको छ ।

मौसमी पूर्वानुमान ख्याल राख्दै भावी योजना बनाउन समेत विभागले भनेको छ । पदयात्रा तथा हिमाल आरोहण अनुमति जारी भएका सामागाउँ ९गोरखा०, खुम्बु क्षेत्र, मनाङ लगायत क्षेत्रमा रहेका स्वास्थ्य संस्था र काठमाडौं तथा पोखरास्थित हिमाली स्वास्थ्य समस्याको उपचार सेवा प्रदायक स्वास्थ्य संस्थालाई अविच्छिन्न र सहज सेवा उपलब्ध गराउन आह्वान गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको