काठमाडौं, असोज ८ गते ।
उपत्यकाका विभिन्न स्थानमा सञ्चालित चेकिङका क्रममा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बिहीबार बिहानसम्म गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६८ जना, सिसिटिभी मार्फत निगरानी गरी ४० जना र रातो बत्ती उल्लंघन गर्ने १० जना चालक कारबाहीमा परेका हुन् ।
यसैगरी, तीव्र गतिमा सवारी हाँक्ने ४४ जना, नो हर्न नियम उल्लंघन गर्ने ६ जना, लेन अनुशासन पालना नगर्ने ६ जना, सवारीको अवस्था ठिक नभएका ५ जना, एकतर्फी सडकमा सवारी चलाउने ५ जना र अन्य विभिन्न नियम उल्लंघन गर्ने १४७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। न्यूजकारखाना






