एसियाली खेलकुद २०२६ मा चीनको अग्रता कायमै

काठमाडौं, असोज ९ गते ।

जापानको आइची–नागोयामा जारी २० औँ एसियाली खेलकुद (एशियन गेम्स) को पदक तालिकामा चीनले आफ्नो प्रभावशाली प्रदर्शन जारी राख्दै शीर्ष स्थानमा पकड बलियो बनाएको छ ।

चीनले हालसम्म ८० स्वर्ण, ३० रजत र २० काँस्यसहित कुल १३० पदक जित्दै तालिकाको पहिलो स्थान ओगटेको छ ।

आयोजक राष्ट्र जापान २० स्वर्ण, ३४ रजत र ३७ काँस्य (कुल ९१ पदक) सहित दोस्रो स्थानमा छ भने दक्षिण कोरिया १० स्वर्ण, १२ रजत र २८ काँस्य पदक जित्दै तेस्रो स्थानमा रहेको छ। त्यस्तै कजाकिस्तान (८ स्वर्ण) र उज्बेकिस्तान (६ स्वर्ण) क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका छन् ।

दक्षिण एसियाली राष्ट्रमध्ये भारत १ स्वर्ण, ६ रजत र ९ काँस्यसहित १६ औँ स्थानमा छ । नेपालले हालसम्म १ काँस्य पदक जित्दै तालिकाको ३३ औँ स्थान ओगटेको छ । नेपालसँगै बंगलादेश, ब्रुनाई, मङ्गोलिया र सिरिया पनि समान १ काँस्य पदकसहित संयुक्त रूपमा ३३ औँ स्थानमा छन् । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको