भारी वर्षाको जोखिमपछि मिथिला बिहारीका विद्यालयमा शुक्रबार बिदा

जनकपुरधाम, असोज ९ गते ।

सम्भावित भारी वर्षा र त्यसबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै धनुषाको मिथिला बिहारी नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा शुक्रबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै असोज ९ गते शुक्रबार नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालय बन्द रहने जनाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वर्षासम्बन्धी पूर्वतयारी निर्देशन र शिक्षा विकास तथा समन्वय एकाइ धनुषाको अनुरोधका आधारमा बिदा दिइएको नगरप्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिए ।

बिदाको अवधिमा विद्यार्थी, शिक्षक तथा अभिभावकको सुरक्षालाई प्राथमिकता दिँदै सम्भावित दुर्घटना र जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको उनको भनाइ छ ।

नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गरी आफ्ना मातहतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको