हुंकार मधेशले संगठन विस्तारका लागि तोक्यो सहजकर्ता र प्रवक्ता

काठमाडौं, असोज १२ गते ।

हुंकार मधेशले संगठन विस्तारका लागि सहजकर्ता र प्रवक्ता तोकेको छ ।

हुंकार मधेशको केन्द्रीय अभियानको बैठकले संविधनासभा सदस्य रामकुमार कश्यपलाई सहजकर्ता र केशव कुमारलाई प्रवक्ता तोकेको हो ।

संगठनको केन्द्रीय संरचना बनाउनु अघि अभियानका तर्फबट समन्वय, सहजीकरण र सम्पर्कका लागि सहजकर्ता र प्रवक्ता तोकिएको हुंकार मधेशले जनाएको छ ।

हुंकार मधेशले सय दिने मेची–महकाली हुलाकी यात्रा तथा पुनर्जागरण अभियानपछि संयोजकलयात केन्द्रीय संरचना बनाउने तयारी गरेको छ ।

प्रवक्ता केशवकुमारद्वारा जारी विज्ञप्तिमा छिट्टै अभियानका विभागीय जिम्मेवारी तोकेर सार्वजनिक गरिने उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको