धनुषामा टिपरबाट बालुवा अनलोड गर्ने क्रममा पुरिएका क्रसर सञ्चालकको मृत्यु

काठमाडौं, असोज १५ गते ।

धनुषामा टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा पल्टिँदा पुरिएका एक क्रसर सञ्चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिथिला नगरपालिका–३, लालभित्तिस्थित औरही बाबा बालुवा प्रशोधन उद्योग सञ्चालक रामसागर महतोका छोरा ३६ वर्षीय हरि महतो छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार बिहीबार बिहान करिब ७ः२० बजे उद्योगमा प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा अचानक पल्टिएको थियो ।

त्यसमा रहेको उद्योगभित्र रहेको जेसीबीको सहयोगमा तत्काल उद्धार गरी गम्भीर घाइते महतोलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैयामा पठाइएको थियो । तर उपचारकै क्रममा बिहान १०ः२० बजे महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६, गोदारका करिब ३० वर्षीय हरि ब।बि।क। समेत घाइते भएका छन् ।

उनको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको डिएसपी खनालले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको