लागुऔषध मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौं, असोज १६ गते ।

लागुऔषध (खैरो हेरोइन) मुद्दामा दोषी ठहर भई १७ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको खानीगाउँ गाविस–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–७ बस्ने ३८ वर्षीय मनिल सिटौला रहेका छन् ।

प्रहरीका अनुसार लागुऔषध मुद्दामा पर्सा जिल्ला अदालतले २०६७ असार १ गते सिटौलालाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उनी त्यसयता फरार रहेका थिए ।

काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले सिटौलालाई शुक्रबार काठमाडौं महानगरपालिका–११ बबरमहलबाट पक्राउ गरेको हो ।

पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेस गरिएको थियो ।

अदालतमार्फत उनलाई कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको