आईपीयूमा नेपालले रसुवा विपद्‌बारे ‘इमर्जेन्सी प्रस्ताव’ राख्ने

काठमाडौं, असोज १६ गते ।

अन्तर व्यवस्थापकीय संघ (आईपीयू) मा नेपालले प्राकृतिक विपद्बारे ‘इमर्जेन्सी प्रस्ताव’ राख्ने भएको छ ।

आईपीयूको १५३ औं महासभा तान्जानियामा हुँदैछ । उक्त महासभामा नेपालको तर्फबाट सभामुख डोलप्रसाद अर्याल त्यसतर्फ जाँदैछन् ।

सभामुख अर्याल नेतृत्वको भ्रमण टोलीमा सांसद र संसद सचिवालयका अधिकारीहरू रहेका छन् ।

उक्त मञ्चमा जलवायु परिवर्तनले पारेको असर र क्षतिपूर्तिसम्बन्धी विषयलाई ‘इमर्जेन्सी एजेन्डा’का रूपमा पेस गर्न लागिएको सभामुख अर्यालले जानकारी दिए ।

भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको थियो । उक्त बाढीकबाट रसुवासहित नुवाकोट, धादिङदेखि चितवनसम्मका नदि तटीय क्षेत्र प्रभावित भए ।

उक्त बाढीमा परेर एक हजार चार सय बढीको शव फेला परेको छ । ६ हजार बढी वेपत्ता छन् ।

जलवायु परिवर्तनको यो बाढी आएको सरकारको निष्कर्ष छ । यही निष्कर्षसहित अन्तराष्ट्रिय मञ्चमा प्रस्तुत हुने सभामुख अर्यालले बताएका छन् ।

आईपीयूमा सहभागी हुन त्यसतर्फ जानु अगाडि सभामुख अर्यालले पत्रकारहरूसँग भेट गरेका छन् ।

उक्त भेटमा उनले आईपीयूमा जलवायु परिवर्तनले पारेको असर र क्षतिपूर्तिसम्बन्धी विषयलाई ‘इमर्जेन्सी एजेन्डा’का रूपमा पेस गर्न लागिएको जानकारी दिएका हुन् ।

उक्त प्रस्तावका लागि झन्डै ५० देशको समर्थन प्राप्त भइसकेको छ ।

सभामुख अर्यालको नेतृत्वको उक्त भ्रमणका क्रममा करिब २८ वटा ‘साइडलाइन’ बैठकहरूको तयारी पनि भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको