कांग्रेस सहमहामन्त्रीमा गुरुङको उम्मेदवारी दिने घोषणा

काठमाडौं, असोज १८ गते ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृ सीता गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

पूर्वमन्त्री समेत रहेकी गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनी हाल केन्द्रीय सदस्य छिन् ।

देउवा समूहमा रहेकी गुरुङ पछिल्लो केही समय अघिमात्रै संस्थापन पक्षमा प्रवेश गरेकी हुन् ।

कांग्रेसको १५औं महाधिवेशन आज आइतरबादेखि सुरु हुँदैछ ।

महाधिवेशनअन्तर्गत सोमबार केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको