काठमाडौं, असोज १८ गते ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशन उद्घाटन गर्न निवर्तमान सभापति शेरबहादुर देउवालाई औपचारिक निम्ता दिएको छ।
महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आग्रह गर्दै सभापति गगन थापाको हस्ताक्षरसहितको निमन्त्रणा पत्र देउवालाई पठाइएको हो।
सहमहामन्त्री योगेन्द्र चौधरीलगायत नेताहरू शनिबार देउवा निवास महाराजगञ्ज पुगेर निमन्त्रणा पत्र छाडेर आएका हुन्।
‘उहाँ (देउवा) निवासमा भेटिनु भएन, निमन्त्रणा पत्र छाडेर आएका छौं, महाधिवेशनमा आउने विश्वास छ,’ सहमहामन्त्री योगेन्द्र चौधरीले भने।
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि असोज २२ गतेसम्म काठमाडौंमा हुँदैछ।






