काठमाडौं, असोज १८ गते ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्र सकिएको छ ।
आजबाट सुरु भएको महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको खुलामञ्चमा भएको थियो । जहाँ विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गरे ।
यद्यपि समानान्तर रुपमा महाधिवेशनको तयारी गरिरहेका पूर्वसभापति शेरबहादुर देउवा भने गएनन् ।
उद्घाटन सत्रको अन्तिममा सम्बोधन गरेका सभापति गगन थापाले देउवालाई सम्झिए ।
उनले भनेका छन्, ‘यहाँ हामीले शेरबहादुर दाइका लागि कुर्सी राखेका थियौं । उहाँले आएर उद्घाटन गर्नुहुन्छ भन्ने अपेक्षा थियो ।’
उनले थपे, ‘शेरबहादुर देउवालाई सम्मान गर्ने भनेको उहाँको ढोकामा कतिपटक सलामी दियो भनेर होइन, उहाँले बनाएको पार्टी कति अग्लो बनायो भनेर हुन्छ ।






