१६ लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर, असोज २१ गते ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बेदकोट नगरपालिका–७ स्थित गाउजीबाट रु १६ लाख ८७ हजार मूल्यबराबरको पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनए ।

उनका अनुसार विशेष सूचनाका आधारमा लुकाइछिपाइ राखेको पटाका बरामद गरी थप अनुसन्धान भइरहेको छ ।

चाडपर्व नजिकिँदै गर्दा प्रहरी सीमानाकामा निगरानी बढाएको छ ।

प्रहरीले भारतसँग जोडिएको गड्डाचौकी नाका, महेन्द्रनगर बसपार्कलगायतका स्थानमा नागरिक सहायता कक्षसमेत स्थापना गरेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको