गोली हानेर पक्राउ परेका आर्यन २७ वटा मुद्दामा संलग्न

काठमाडौं, असोज २२ गते ।

काठमाडौंको काँडाघारीबाट गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका मुख्य नाइके २७ वटा मुद्दामा संलग्न रहेको पाइएको छ ।

प्रहरीले बुधबार राति पौने १० बजेको समयमा गोली हानेर लुटेरा आर्यन माझीसहित अन्य दुई जनालाई पक्राउ गरेको थियो ।

माझी विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर, ईलाका प्रहरी कार्यालय बनेपा काभ्रे, जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका चोरी मुद्दामा २७ वटा मुद्दामा पक्राउ परेको देखिएको हो ।

उनीहरूले काठमाडौंका विभिन्न ठाउँमा लुटपाट गर्ने गरेको, मान्छेलाई बाटोमा हिंडेकै अवस्थामा सिक्रि लुटपाट गर्ने लगायतका काममा संलग्न रहेको पाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।

उनका अनुसार, पक्राउ पर्नेमा मकवानपुरका बकैया गाउँपालिका–५ घर भएका राकेश थिङ र मकवानपुरका बकैया गाउँपालिका–७ घर भएका मनोज कुमार मोक्तान रहेका छन् ।

थिङ लुटपाटका क्रममा मोटरसाइकलको पछाडि बसेका थिए भने मोक्तान मोटरसाइकलको अगाडि थिए ।

उनीहरूविरुद्ध गम्भीर उत्तेजना वा आवेगमा कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको एसएसपी घिमिरेले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको