सर्वोच्चले सापकोटाको पक्राउलाई कानुनसम्मत ठहर

काठमाडौं, असोज २३ गते ।

सर्वोच्च अदालतले इनम सापकोटाको पक्राउलाई कानुनसम्मत ठहर गरेको छ ।

आफ्ना पतिलाई गैरकानूनी पक्राउ गरिएको भन्दै कविता पाण्डेले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो ।

न्यायाधीशहरु हरि फुयाल र सुनिल पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

राज्यको महत्त्वपूर्ण र संवेदनशील सूचना चुहाएको आरोपमा प्रहरीले सापकोटालाई पक्राउ गरेको थियो ।

तर प्रहरीले उनीमाथि अभद्र व्यवहारको आरोपमा म्याद थप गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको