सडक विभागले भन्यो– ग्यास बुलेट लिक हुँदा गलौंदी पुग्न समस्या छ

काठमाडौं, असोज २३ गते ।

सडक विभागले पृथ्वी राजमार्गमा दुर्घटनामा परेको ग्यास बुलेट चुहिएका कारण सडक खुलाउन समस्या भएको जानकारी गराएको छ ।

शुक्रबार दिउँसो पृथ्वी राजमार्गको मछेडी (गल्छी नजिकै) ग्यास बुलेट पल्टिएको थियो ।

बुलेट पल्टिएर ग्यास लिक भएकाले गलौंदी पुग्न समस्या भएको विभागले जनाएको छ ।

साथै, गजुरी नजिकै गलौंदी भन्ने स्थानमा सडक भास्सिएको छ । विभागका अनुसार, गलौंदीमा ब्याक कटिङ ९भित्ता काटेर० गरेर सडक खुलाउन सकिने अवस्था छ ।

रातको समय भएकाले सो स्थानमा भएको टोली अवस्था हेरेर मात्र परिचालित हुने विभागले जनाएको छ ।

यी दुवै घटनाका कारण धादिङ हुँदै काठमाडौं आवतजावत हुने सवारी साधन रोकिएका छन् ।

अहिले पृथ्वी राजमार्ग पूर्ण रुपमा बन्द छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको