पब्लिक सन्देश
गौशाला, असोज २४ गते ।
सर्लाहीमा म्याजिक जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिवार बिहान नवलपुर–मलंगवा सडकखण्ड अन्तरगत हरिपुर नगरपालिका–०८, जगतपुर स्कूलस्थित नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना १ ज ६३०८ नम्बरको म्याजिक जिपले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प २२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर सर्लाहीको मलंगवा नगरपालिका–७, गणेशिया बस्ने ३० वर्षीय अरविन्द साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।
ठक्कर दिने म्याजिकका चालक हरिपुर नगरपालिका–२, हरिपुर बजार निवासी ३३ वर्षीय नजामुदिन बैठालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसान भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।








