काठमाडौं, असोज २५ गते ।
नेपाली सेनाले बुढीगण्डकीमा आएको बाढीमा ४९ जनाको उद्धार गरेको छ।
आइतबार बिहान आएको बाढीले प्रभावित क्षेत्रका विभिन्न ठाउँबाट ४९ जनाको उद्धार गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो।
सेनाले एमआई १७ सहित चार वटा हेलिकप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले उद्धार गरेको हो।
उद्धार गरिएकाहरू मध्ये जगतबाट गोरखासम्म ६ जना, फिलिमबाट हुल्चुकसम्म ४ जना (शिशु–१ सहित), यारुबाट हुल्चुकसम्म १५ जना (बालक–२ र विदेशी नागरिक–१ सहित), हुल्चुकबाट फिलिमसम्म १ जना, नाम्रुङबाट फिलिमसम्म २ जना, न्याक्फेदीबाट न्याकडाँडासम्म ९ जना र पायुबाट सल्लेरी (नयाँबस्ती) सम्म १२ जनाको उद्धार भएको हो।
विदेशी नागरिकहरूलाई सेनाले आजै काठमाडौं ल्याउने तयारी रहेको सहायक रथी एवं प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।
अन्य सुरक्षा निकाय तथा सरकारवालाहरू सँगको समन्वयमा थप खोज तथा उद्धार कार्य भइरहेको उनले बताए।






