काठमाडौं, असोज २५ गते ।
गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिवासस्थित न्याकफेदी भिरमा विदेशी नागरिकसहित ८ जनाको उद्धार भएको छ।
आइतबार बिहान बूढीगण्डकीमा बाढी आएपछि न्याकफेदीमा बस्दै आएका स्थानीयलगायत सुरक्षाका लागि भिरमा गएका थिए।
पाँच जना विदेशी नागरिक र तीन जना नेपाली नागरिकको उद्धार भएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
उनीहरूलाई हेलिकप्टरमार्फत फिलिममा ल्याइएको हो।
सेनाले ४९ जनाको विभिन्न माध्यमबाट उद्धार गरिसकेको छ। विदेशी नागरिकलाई आजै काठमाडौं ल्याउने तयरी रहेको सेनाले जनाएको छ।






