पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, सावधानी अपनाउन आग्रह

धादिङ, असोज २५ गते ।

त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार एक सूचना जारी गर्दै मर्मतपछि सडक दुईतर्फी रूपमै सञ्चालनमा आएको जानकारी दिएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय ९गौतम० का अनुसार, गजुरी गाउँपालिका–५ गलौंदी क्षेत्रमा सडक मर्मत कार्य गरी सवारी आवागमन सुचारु गरिएको उल्लेख छ।

यसअघि सडक भासिएपछि प्रशासनले अर्को सूचना जारी नहुँदासम्मका लागि उक्त राजमार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनमा पूर्ण रूपमा रोक लगाएको थियो। त्यसपछि नजिकैबाट डाइभर्सन बनाएर साना तथा मझौला सवारी साधन मात्र सञ्चालनमा ल्याइएको थियो। हाल सडक मर्मतपछि सवारीसाधनहरू दुईतर्फी रूपमै चल्न थालेका हुन्।

यद्यपि, प्रशासनले पूर्ण रूपमा जोखिम टरिनसकेको भन्दै सावधानी अपनाउन सवारी चालक र यात्रुलाई विशेष आग्रह गरेको छ। ‘हाल सडक मर्मत कार्य केही स्थानमा जारी रहेको र जोखिम कायम रहेको हुँदा उक्त राजमार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारी चालक, यात्रु तथा सर्वसाधारणहरूलाई अत्यन्त सावधानीपूर्वक यात्रा गर्नरगराउन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको