१४ लाख बढीको अवैध मदिरा बरामद

काठमाडौँ, असोज २९ गते ।

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले भन्सार छली ल्याइएको ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ ।

आज बिहान करिब ३ः४५ बजेको समयमा प्रहरी टोलीले अनुमानित १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा नियन्त्रणमा लिएको हो ।

भारतबाट अवैध रूपमा भन्सार छलेर ११ वटा ठूला हरिया झोलामा मदिरा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो ।

संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा महलबारी सडकखण्डमा बेवारिसे अवस्थामा ती मदिरा फेला पारेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको मदिरामा ७५० एमएलका कुल ७४२ बोतल ‘ओल्ड मन्क’ रम रहेका छन् ।

प्रतिबोतल अनुमानित २ हजार रुपैयाँका दरले बरामद मदिराको कुल बजार मूल्य १४ लाख ८४ हजार रुपैयाँ कायम गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको